४ वैशाख, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकासँगको युद्धविराम अवधिका लागि स्ट्रेट अफ होर्मुज पूरा खुला राख्ने घोषणा गरेका छन् ।
एक्समार्फत विदेशमन्त्री अरागचीले युद्ध विरामको बाँकी अवधिसम्म होर्मुज भएर आवतजावत गर्ने सबै जहाजलाई पूरा खुला राख्ने घोषणा गरेका हुन् ।
‘लेबनानमा युद्धविरामपछि सबै व्यावसायिक जहाजलाई होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने बाटो युद्धविरामको बाँकी अवधिका लागि पूरा तवरले खुला गरेको घोषित गरेका छौं,’ विदशेमन्त्री अरागचीले लेखेका छन् ।
अमेरिका र इरानबीच २२ अप्रिलसम्म युद्धविराम कायम छ । यसअघि इरानले लेबनानसहित पूरा मध्यपूर्वमा युद्धविराम नभएसम्म होर्मुज खुला नगर्ने अडान लिएको थियो ।
इरानी विदेशमन्त्री अरागचीले होर्मुज खोल्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल ट्रूथबाट उनले इरानलाई धन्यवाद दिएका हुन् ।
‘इरानले अहिले भर्खरै स्ट्रेट अफ होर्मुज पूरा खुला गर्ने र आवतजावतका लागि तयार रहेको घोषणा गरेको छ । त्यसका लागि धन्यवाद’, ट्रम्पले लेखेका छन् ।
तर, होर्मुजमा अमरिकी नाकाबन्दी भने जारी रहने ट्रम्पले बताएका छन् ।
‘होर्मुज स्ट्रेट व्यापार र आवतजावतका लागि खुला र तयार छ । तर नौ सैनिक नाकाबन्दी शक्ति र प्रभावका साथ जारी रहन्छ,’ उनले भनेका छन् । अमेरिकी नाकाबन्दी केबल इरानका लागि रहेको उनले बताएका छन् ।
प्रतिक्रिया 4