५ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बुधबारसम्म कुनै ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने धम्की दिएका छन् । शनिबार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले बुधबारसम्म ठूलो सम्झौता नभए युद्धविराम अवधि नबढाउने चेतावनी दिएका छन् ।
उनलाई पत्रकारले ‘के तपाईँ युद्धविराम अवधि बढाउनुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए । जसको जवाफमा उनले भने, ‘सायद म यो भन्दा अगाडि बढाउने छैन । तर नाकाबन्दी जारी रहन्छ । अपसोच के छ भने हामीले फेरि बमबारी सुरु गर्नुपर्ने हुन्छ ।’
यद्यपि आफूलाई केही समय अगाडिबाटै राम्रो खबर मिलेको उनले बताएका छन् । ‘मध्यपूर्वमा इरानका साथ अवस्था धेरै राम्रो हुने सम्भावना देखिन थालेको छ,’ उनले भने ।
अमेरिका र इरानबीचको युद्धविराम सहमतिको समय आगामी बुधबार(अप्रिल २२)मा सकिँदैछ । यही बीचमा पाकिस्तानमा भएको शान्ति वार्ता असफल भएको थियो ।
दुर्व देशबीच फेरि वार्ताको सम्भावना रहेको बताइन्छ ।
प्रतिक्रिया 4