News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीको सिगास गाउँपालिका–८ मा आइतबार बिहान करिब १० बजे ट्याक्टर दुर्घटना हुँदा २५ वर्षीय लोकेन्द्र बोहराको मृत्यु भएको छ।
- ट्याक्टर सिगास–८ को सानीगाड खोलामा करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
- ट्याक्टरमा चालकसहित दुई जना सवार थिए र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।
६ वैशाख, वैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर सिगास–८ को सानीगाड खोलामा आइतबार बिहान करिब १० बजेको समयमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिगास–८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । ट्याक्टर चालक फरार छन् । उनको परिचय खुलेको छैन । ट्याक्टरमा चालकसहित दुई जना मात्रै सवार थिए । ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4