News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको नेत्र ज्यौती संघद्वारा संचालित भरतपुर आँखा अस्पतालले महोत्तरीको पर्सादेवाडमा जानकी एकेडेमिक अस्पतालमा आँखा उपचार सेवा सुरु गरेको छ।
- मधेसका सभामुख रामअशिष मण्डल र जानकी एकेडेमिक अस्पतालका संचालक डा. सुरेन्द्र यादवले अन्तरपालिका आँखा उपचार केन्द्रको औपचारिक उद्घाटन गरेका छन्।
- भरतपुर आँखा अस्पतालका ९ जनाको टोलिले निःशुल्क ओपीड, शल्यक्रिया लगायत आँखा उपचार सेवा प्रदान गर्नेछन्।
६ वैशाख, जनकपुरधाम । चितवनको नेत्र ज्यौती संघद्वारा संचालित भरतपुर आँखा अस्पतालको उपचार सेवा अब महोत्तरीको ग्रामिण भेगमा पनि सुरु भएको छ । महोत्तरीको चारवटा पालिकाको संगम स्थल पर्सादेवाडमा स्थित जानकी एकेडेमिक हस्पिटलमै यो सेवा प्रारम्भ भएको हो ।
भरतपुर आँखा अस्पतालको प्रावधिकि तथा अन्तरपालिकाहरुको सहयोगमा जानकी एकेडेमिक अस्पतालमा अन्तरपालिका आँखा उपचार केन्द्रको शनिबार मधेशका सभामुख रामअशिष मण्डल र जानकी एकेडमिक अस्पतालका संचालक डा. सुरेन्द्र यादवले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।
गत फागुन २१ गतेदेखि अनौपचारिक सेवा सुरु भएपनि शनिबारबाट शल्यक्रियासहितको औपचारिक सेवा सुरु गरिएको हो । आँखा उपचार केन्द्रमा भरतपुर आँखा अस्पतालका आँखा विशेषज्ञसहितको ९ जनाको टोलिले शनिबारबाहेक ओपीड, शल्यक्रिया लगायतको आँखाको सम्पूर्ण उपचार सेवा निःशुल्क प्रदान गर्ने जनाएको छ ।
उद्घाटन समारोहमा भरतपुर आँखा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष जयराम श्रेष्ठ, सचिव केशव अधिकारी, पर्यावरण अभियन्ता सुरेश शर्मा लगायत विभिन्न पालिका प्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो ।
अन्तरपालिका आँखा उपचार केन्द्रलाई रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, सोनामा गाउँपालिका, औरही नगरपालिका, मनरा नगरपालिका, एकडारा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
ग्रामिण क्षेत्रमा संचालनमा आएको आँखा उपचार केन्द्रले सर्वसाधारणले सहज सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4