+
+
Shares

विपिन र केकी अभिनित फिल्म ‘काजी’ को टिजर सार्वजनिक, प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म 'काजी'को प्रदर्शन मिति ८ जेठ २०७० मा तय गरिएको छ।
  • फिल्म 'काजी' लक्ष्मण रिजालले निर्देशन गरेका हुन् र केकी अधिकारी कजिनी पात्रमा प्रस्तुत छिन्।
  • श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने फिल्ममा प्रदीप भारद्धाजको पटकथा र कालीप्रसाद बास्कोटाको संगीत छ।

काठमाडौं । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार टिजर भिडियो सार्वजनिक गर्दै ८ जेठलाई प्रदर्शन मितिको रुपमा तय गरिएको हो ।

लक्ष्मण रिजाल निर्देशित फिल्म क्लासिक लभस्टोरी हो । फिल्मलाई लिएर अभिनेता विपिन कार्की उत्साहित सुनिए । अघिल्लो फिल्मले जस्तै दर्शकलाई सरप्राइज तुल्याउने आशा उनको छ ।

केकी अधिकारी कजिनी पात्रको रुपमा प्रस्तुत छिन् । टिजरले दर्शकलाई उत्सुकता पैदा गर्ने विश्वास निर्माताको छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी लगायतको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको पटकथा रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेशन ध्वनि र सुजिल कर्माचार्यको पाश्र्वसंगीत छ ।

कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकास जोशी छन् । श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?