+

‘अन्डर लाइट्स’ टी-२०आई शृंखला : नेपालले यूएईसँग खेल्दै

२०८३ वैशाख  ७ गते ७:५४ २०८३ वैशाख ७ गते ७:५४
‘अन्डर लाइट्स’ टी-२०आई शृंखला : नेपालले यूएईसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र यूएईबीच ऐतिहासिक 'अन्डर लाइट्स' टी-२०आई सिरिज अन्तर्गत पहिलो खेल ७ वैशाख, काठमाडौंको त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ।
  • नेपाली टोलीमा नयाँ कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् र केही अनुभवी खेलाडीहरू टी-२०आई टोलीबाट हटाइएका छन्।
  • नेपाल र यूएईबीच साढे दुई वर्षपछि कीर्तिपुरमा खेल हुँदैछ र नेपालले दुई वर्षपछि घरेलु मैदानमा टी-२०आई खेल्दैछ।

७ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।

यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी-२०आई टोलीबाट हटाइएका छन् । नयाँ कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएको चर्चा छ । कप्तान भने मुहम्मद वासीम नै रहेका छन् ।

नेपाल र यूएई हालसम्म टी-२०आईमा ११ पटक भिडेका छन् जहाँ नेपाल ६ अनि यूएई ५ पटक विजयी भएका छन् । कीर्तिपुरमा भने एकमात्र खेल भएको छ जुन् यूएईले जितेको थियो ।

नेपाल र यूएईबीच साढे दुई वर्षपछि कीर्तिपुरमा खेल हुन लागेको हो । पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा यहाँ भिडेका थिए ।

यस्तै नेपाली क्रिकेट टोलीले दुई वर्षपछि घरेलु मैदानमा खेल्दैछ । पछिल्लोिटक सन् २०२४ मार्चमा भएको टी-२०आई शृंखला खेलेको थियो ।

नेपालको टी-२०आई टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल

'अन्डर लाइट्स' टी-२०आई सिरिज नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय