News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।
- गुरुङले आरोप र सत्य एउटै कुरा नभएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताए।
- उनले पार्टीको निर्णय पालना गर्ने र शहीदहरूको बलिदानको मर्मले जिम्मेवार बन्न आग्रह गरेका छन्।
७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे बोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा नभएको जिकिर गरेका छन् ।
‘…म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन् । निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ गुरुङले भनेका छन्, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’
उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभइ प्रमाणमा उभिन आग्रह गरेका छन् ।

प्रतिक्रिया 4