+
+
WC Series
Nepal
0/0
VS
UAE
0/0
Shares

गृहमन्त्री गुरुङको प्रश्न : सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ?

उनले थप प्रश्न गरेका छन्, ‘सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको विषयमा सेयर कारोबार सार्वजनिक गर्दै गैरकानुनी काम नगरेको दाबी गरेका छन् ।
  • उनले २ करोडभन्दा बढी सेयर लगानी सम्पत्ति विवरणमा स्पष्ट उल्लेख गरेको र सबै कारोबार बैंकमार्फत भएको बताएका छन् ।
  • गुरुङले ऋणमार्फत लगानी गरेको रकम बैंकबाट लिएको र सेयर किन्नुलाई साझेदारी नभएको स्पष्ट पारेका छन् ।

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग जोडिएर आएको विषयमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सम्पत्ति विवरण सार्वजनिक गर्दा नै आफूसँग भएको सेयर कारोबार बताउँदै गैरकानुनी काम आफूले नगरेको दाबी गरेका हुन् ।

‘२५ लाखको सेयर लुकाइएको’ भनिएको छ,’ उनले भने,’वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन् । मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो,’ उनले भनेका छन्, ‘सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन ।
‘मन्त्री हुनुअघि सेयर किनियो’ भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ ।’

उनले आफूले बैंकबाटै पैसाको कारोबार गरेको उल्लेख गर्दै यी विषय लुकाउनै नसक्ने पनि बताएका छन् । ‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?
अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ,’ उनले भनेका छन् ।

उनले ऋण लिइएको रकम बैंकमार्फत नै लिएको र सोही रकम लगानीमा प्रयोग गरिएको भनेका छन् ।

त्यस्तै उनले पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको नभई कागज र बैंकको रेकर्डले प्रमाणित गर्ने विषय भएको बताए ।
उनले विवादित व्यक्तिसँग साझेदार भनिएको प्रति पनि आपत्ति जनाउँदै भनेका छन्, ‘एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त?’

उनले थप प्रश्न गरेका छन्, ‘सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?