+
+
WC Series
Nepal
122/8 (18.5)
VS
UAE
0/0
Shares

रास्वपाले घटायो सांसदहरूको लेबी, अब कति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको लागि तोकेको लेवी १६ हजार ५०० बाट घटाएर १५ हजार गरेको छ।
  • मन्त्रीहरूको लेवी १८ हजार र मन्त्रीका स्वकीय सचिवहरूको लेवी २ हजार यथावत राखिएको छ।
  • सांसदहरूले स्वकीय सचिव राख्दा पनि २ हजार लेवी तोकिने पार्टीले जनाएको छ।

७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूका लागि तोकेको लेबी परिमार्जन गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, सांसदहरूको लेबी १५ हजार तोकिएको छ । यसअघि सांसदहरूका लागि साढे १६ हजार लेबी तोकिएको थियो ।

मन्त्रीहरूको भने लेबी यथावत राखिएको छ । यसअघि मन्त्रीहरूको लेबी १८ हजार तोकिएको थियो ।

त्यस्तै, मन्त्रीका स्वकीय सचिवहरूको पनि लेबी यथावत नै छ । उनीहरूका लागि पार्टीले २ हजार लेबी तोकेको छ ।

सांसदहरूले पनि स्वकीय राख्न पाएको खण्डमा २ हजार नै लेबी तोकिने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?