+

२२औं विश्व केम्पो च्याम्पियनसिप खेल्न नेपाली टोली टर्की प्रस्थान

२०८३ वैशाख  ८ गते ११:१७ २०८३ वैशाख ८ गते ११:१७
२२औं विश्व केम्पो च्याम्पियनसिप खेल्न नेपाली टोली टर्की प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल केम्पो टोली १६ सदस्यीय टोलीसहित ८ वैशाखमा टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा सहभागी हुन प्रस्थान गरेको छ।
  • महिलातर्फ अञ्जना शाही, प्रिशा राज्यलक्ष्मी शाह, इरा गौतम र मोनालिशा धामी सेमी केम्पोमा प्रतिस्पर्धा गर्नेछन् भने पुरुषतर्फ ६ खेलाडी विभिन्न विधामा भाग लिनेछन्।
  • नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने विश्वास व्यक्त गर्नुभएको छ।

८ वैशाख, काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा सहभागी हुन नेपाली केम्पो टोली प्रस्थान गरेको छ। अप्रिल २६ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट १६ सदस्यीय टोली सहभागी हुने भएको हो।

नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहको नेतृत्वमा गएको टोलीमा ६ पुरुष र ४ महिला खेलाडी समावेश छन् भने अन्य सदस्यहरू अफिसियल र अभिभावक रहेका छन्।

महिलातर्फ अञ्जना शाही (५० केजी), प्रिशा राज्यलक्ष्मी शाह (२२ केजी), इरा गौतम (२५ केजी) र मोनालिशा धामी (६० केजी) ले सेमी केम्पोमा प्रतिस्पर्धा गर्नेछन् । अञ्जना शाहीले काता र सेल्फ डिफेन्स तथा इरा गौतमले कातामा पनि चुनौती प्रस्तुत गर्नेछिन् ।

पुरुषतर्फ सुरेश पराजुली (६५ केजी), सुलभ श्रेष्ठ (३० केजी) र कृदिक्स विक्रम कुँवर (२५ केजी) ले सेमी केम्पोमा प्रतिस्पर्धा गर्नेछन्। दिलमान लामाले फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा भाग लिनेछन् ।

यमन पाण्डेले फुल केम्पो, सेमी केम्पो, सबमिसन, सेल्फ डिफेन्स र काता गरी पाँच विधामा प्रतिस्पर्धा गर्नेछन् भने शिवहरी राईले सेमी र फुल केम्पोसहित काता र सबमिसनमा चुनौती प्रस्तुत गर्नेछन् ।

टोली प्रस्थानका क्रममा अध्यक्ष पाभेल शाहले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने विश्वास व्यक्त गरेका छन् । खेलाडीहरूले पनि देशको नाम उच्च राख्ने प्रतिबद्धता जनाएका छन् ।

२२औं विश्व केम्पो च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय