फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ।
- कारबाहीमा मादक पदार्थ सेवनमा ७७, रातो बत्ती उल्लङ्घनमा १५८ र तीव्र गतिमा ८९ चालक परेका छन्।
- उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले कारबाहीबाट २५ लाख १५ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो।
८ वैशाख, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ ।
आज बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, ‘विभिन्न गल्तीका पछिल्लो २४ घण्टे कारबाही सङ्ख्या तीन हजार ५०१ जना रहेका छन् । कारबाहीबाट जम्मा राजस्व रकम २५ लाख १५ हजार ५०१ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4