+
+
Shares

२४ घण्टामा २ हजार ६९२ जना ट्राफिक प्रहरीको कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बितेका २४ घण्टामा २ हजार ६९२ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
  • कारबाहीबाट राज्य कोषमा सात लाख ६० हजार रुपैयाँ जम्मा भएको छ।
  • ट्राफिक प्रहरीका अनुसार तीव्र गति, मादक पदार्थ सेवन र अन्य नियम उल्लंघन गर्नेहरु कारबाहीमा परेका छन्।

११ वैशाख, काठमाडौं । बितेको २४ घण्टामा २ हजार ६९२ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा सात लाख ६० हजार रुपैयाँ जम्मा भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी नियम उल्लंघन गर्नेहरु कारबाहीमा परेका हुन् ।

ट्राफिक संकेत उल्लंघन गर्ने २२४ जना, तीव्र गतिमा गाडी गुडाउने १३२ जना, मादक पदार्थ सेवन गरेका ९१ जना र यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ६३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७ जना, सार्वजनिक गाडीका ढोका बन्द नगरी चलाउने ४७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ जना, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम पालना नगर्ने ४० जना र अन्य सवारी नियम पालना नगरेका १ हजार ७८० जनालाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?