+

सन्तोष यादवले यूएई विरुद्ध डेब्यू गर्दै

२०८३ वैशाख  ८ गते १६:४९ २०८३ वैशाख ८ गते १६:४९
सन्तोष यादवले यूएई विरुद्ध डेब्यू गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्तोष यादवले यूएई विरुद्धको दोस्रो टी-२० आई खेलबाट नेपालका लागि डेब्यू गर्ने भएका छन्।
  • कप्तान दीपेन्द्र सिंह ऐरीले सन्तोषलाई डेब्यू क्याप प्रदान गर्नुभएको छ।
  • सन्तोष ५५औं नेपाली खेलाडी हुनुहुन्छ र उनले प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी बनेका थिए।

८ वैशाख, काठमाडौं । अलराउन्डर सन्तोष यादवले नेपालका लागि टी-२०आई डेब्यू गरेका छन् ।

उनले यूएई विरुद्धको टी-२० आई खेलमार्फत डेब्यू गर्ने भएका हुन् । अन्डर लाइट्स टी-२०आई सिरिज अन्तर्गत मंगलबार युएई विरुद्ध हुने दोस्रो तथा अन्तिम टी२० खेल अघि सन्तोषलाई डेब्यू क्याप प्रदान गरिएपछि सन्तोषले डेब्यू गर्ने पक्का भएको हो ।

कप्तान दीपेन्द्र सिंह ऐरीले सन्तोषलाई डेब्यू क्याप प्रदान गरे । टी-२०आई मा डेब्यु गर्ने सन्तोष ५५औं नेपाली खेलाडी हुनेछन् । यसअघि पेस बलर हेमन्त धामीले सोमबार युएई विरुद्ध पहिलो खेलमा टी-२०आईमा डेब्यू गरेका थिए ।

सन्तोषले नेपालको उमेर समूहबाट खेलिसकेका छन् । केही दिनअघि सम्पन्न प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सर्वोत्कृष्ट खेलाडी बनेका सन्तोष पहिलो पटक नेपालको टी-२० टिममा समावेश भएका थिए ।

उनले प्रधानमन्त्री कपमा अलराउण्ड प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

नेपाली क्रिकेट टोली सन्तोष यादव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय