+
+
WC Series
Nepal
0/0
VS
UAE
126/8 (19.5)
Shares

पहिलो पटक कांग्रेसकाे ‘निवर्तमान कार्यवाहक सभापति’को हैसियतमा पूर्णबहादुर खड्काकाे विज्ञप्ति

विद्यार्थी संगठन र स्ववियु खारेज गर्ने सरकारी निर्णयको विरोध

खड्काद्वारा मंगलबार जारी वक्तव्यमा विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध आपत्ति जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १८:२३

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेस विवादबारे सर्वोच्च अदालतको फैसलापछि पूर्णबहादुर खड्काले पहिलो पटक निवर्तमान कार्यवाहक सभापतिको हैसियतमा प्रेस वक्तव्य जारी गरेका छन् ।

खड्काद्वारा मंगलबार जारी वक्तव्यमा विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध आपत्ति जनाइएको छ ।

वक्तव्यमा उनले विद्यार्थी संगठनलाई नेपालको गौरवशाली राजनीतिक इतिहासका मेरुदण्ड भनेर टिप्पणी गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनकै जगमा मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हासिल गरेको र नेपाली जनताले उच्चतम नागरिक स्वतन्त्रता उपभोग गरिरहेको खड्काले भनेका छन् ,।

‘निर्दलीय निरंकुस पञ्चायती व्यवस्थाको अन्धकारमय कालखण्डमा जब राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो,’ खड्काको विज्ञप्तिमा भनिएको छ, ‘त्यति बेला राजनैतिक विचारका आधारमा संगठित विद्यार्थी संघ संगठनहरूले नै लोकतन्त्रको मशाललाई प्रज्वलित राख्दै जनतामा चेतना भर्ने र अधिनायकवाद विरुद्ध विद्रोहको शंखघोष गर्ने साहसिक अभियानको नेतृत्व गरेको कुरा इतिहास साक्षी छ ।’

अहिले बालेन्द्र शाह नेतृत्वको सरकारबाट लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संघ-संगठन र स्ववियुको अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय हुनु सरकारको अधिनायकवादी कदमका रूपमा बुझ्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ खड्काको प्रेस विज्ञप्ति :

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?