News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ का ३८ वर्षीय झ्याप्ले कमल न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
- उनी जेनजी आन्दोलनको बेला सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएका थिए।
- कर्तव्य ज्यान मुद्दामा उनलाई १० वर्ष कैद सजाय सुनाइएको थियो र मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको छ।
८ वैशाख, काठमाडौं । कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ धुसाका ३८ वर्षीय झ्याप्ले कमल न्यौपाने भनिने कमल विक छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनी जेनजी आन्दोलनको बेला सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएका थिए ।
कर्तव्य ज्यान मुद्दामा उनलाई १० वर्ष कैद सजाय सुनाइएको थियो । मनमैजुबाट पक्राउ परेका उनलाई केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4