+
+
Shares

नेपालगञ्जमा ‘विटनेश अफ टाइम’ फोटो प्रदर्शनी हुँदै

आगामी जेठ ११ र १२ गते नेपालगन्जमा हुने उक्त प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई फोटोको माध्यमबाट प्रस्तुत गरिनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पत्रकार/फोटोग्राफर जयनारायण शाहले खिचेका फोटोहरुको 'विटनेश अफ टाइम' शीर्षकमा जेठ ११ र १२ गते नेपालगन्जमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको छ।
  • प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई फोटोको माध्यमबाट प्रस्तुत गरिनेछ भने यसले नेपाली समाज र संस्कृति उजागर गर्ने उद्देश्य लिएको छ।
  • आयोजक अन्तरालले नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि अभिवृद्धि र समाजको जीवन्त तस्वीर प्रस्तुत गर्ने लक्ष्य राखेर सम्पूर्ण कलाप्रेमी, विद्यार्थी र सर्वसाधारणलाई आमन्त्रण गरेको छ।

९ वैशाख, नेपालगन्ज । अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार/फोटोग्राफर जयनारायण शाहले खिचेका फोटोहरुको `विटनेश अफ टाइम´ शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको छ ।

आगामी जेठ ११ र १२ गते नेपालगन्जमा हुने उक्त प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई फोटोको माध्यमबाट प्रस्तुत गरिनेछ ।

`विटनेश अफ टाइम´ प्रदर्शनीले समयको साक्षी बनेका दृश्य, पात्र, नेपाली समाज , भेषभूषा , संस्कृति, दैनिक जीवन र प्रकृतिलाई तस्वीरमार्फत उजागर गर्ने उद्देश्य लिएको छ। प्रदर्शनीमा राखिएका तस्वीरहरूले दर्शकलाई मानव सभ्यता र प्रकृतिका विविध आयाम अनुभव गराउने विश्वाश छ।

`कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन् ´पत्रकार, फोटोग्राफर जयनारायण शाह भन्छन्- `तिनै क्षणहरूलाई जीवन्त राख्ने प्रयास यो फोटो प्रदर्शनी हो ।´

गएको डेढ दशकमा मुलुकले विभिन्न घटनाक्रम बेहोर्नु पर्‍यो । राजनीतिक परिदृश्यहरु फेरिए। यस क्रममा धेरै आन्दोलन र झडपहरु भए। भुकम्प, नाकाबन्दी, कोभिड महामारी र लकडाउनले आम जनजीवन अत्यन्त कष्टप्रद रह्यो । यो सबै कालखण्डका तस्वीरहरु फोटोग्राफर शाहले खिचेका छन् ।

यात्राका दौरान जहाँ -जहाँ पुगें त्यो ठाउँको जनजीवन, रहनसहन, भेषभूषा, बस्ती, प्रकृति, फूलहरु, सुन्दर दृश्यहरु, पदयात्रामा भेटिएका मानिसहरुका तस्वीरहरु मैले क्यामेरामा कैद गरें ´पत्रकार शाह भन्छन्,- प्रदर्शनीबाट अब यी तस्वीरहरु साझा गर्दैछु।´

यस प्रदर्शनीमार्फत नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि अभिवृद्धि गर्नुका साथै समाजको जीवन्त तस्वीर प्रस्तुत गर्ने लक्ष्य राखिएको आयोजक अन्तरालले जनाएको छ ।

समय, समाज र स्मृतिको कथा बोकेका यी तस्वीरहरू अवलोकन गर्न सम्पूर्ण कलाप्रेमी, विद्यार्थी सञ्चारकर्मी तथा आम सर्वसाधारणलाई आयोजक अन्तरालले आमन्त्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?