+

रारा रनिङ गोल्डकप वैशाख १८ गतेदेखि

२०८३ वैशाख  १० गते १३:३९ २०८३ वैशाख १० गते १३:३९

आयोजक रारा फुटबल क्लबले बिहीबार राजारानीमा रहेको रानी ताल परिसरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता वैशाख १८ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने जनाएको हो ।

रारा रनिङ गोल्डकप वैशाख १८ गतेदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीमा १३औं रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता वैशाख १८ देखि २२ गतेसम्म सञ्चालन हुने आयोजकले बताए।
  • प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ र विजेताले सात लाख, उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिए।
  • प्रतियोगिताको कुल खर्च ३६ लाख ३२ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ र चौबिसे गाउँपालिकाले १४ लाख रुपैयाँ सहयोग गरेको छ।

१० वैशाख, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १३औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक रारा फुटबल क्लबले बिहीबार राजारानीमा रहेको रानी ताल परिसरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता वैशाख १८ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने जनाएको हो ।

राजारानीमा रहेको पुण्य माविको खेल मैदानमा सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित फुटबल प्रतियोगितामा आठ टिमको सहभागिता रहने छ । जसमा आयोजक रारा फुटबल क्लबसहित केराबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड क्लब उदयपुर, डाडाँबजार फुटबल क्लब धनकुटा, सलहेस युथ क्लब सिराहा, बिर्तामोड युनाइटेड क्लब झापा, आरआइ एफसी काठमाडौं र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमा आयोजक क्लबका सचिब जीवन कटुवालले दिए ।

प्रतियोगिताको १२औं सस्करणमा वृद्धि गरिएको पुरस्कार राशीलाई यसपटक पनि निरन्तरता दिइएको छ। प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट गोलकिपरले १० हजार, उदयीमान खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ र हरेक खेलको म्यान अफ दी म्याचलाई ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए । धनकुटामा रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो ।

प्रतियोगिताको १२ औं संस्करणको उपाधि झापाको बिर्तामोड युनाइटेड क्लबले उचालेको थियो भने १०औं र ११औं संस्करणको उपाधि सिराहाको सलहेश फुटबल क्लबले जितेको थियो ।

१३औं संस्करण प्रतियोगिता सञ्चालनका क्रममा ३६ लाख ३५ हजार आय तथा ३६ लाख ३२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न चौविसे गाउँपालिकाले १४ लाख रुपैयाँ सहित अन्य निकायले सहयोग गरेका छन् ।

रारा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय