+
+
Shares

विपद् व्यवस्थापनका लागि स्रोत-साधन अभाव छ : प्राधिकरण

सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत-साधनको अभाव रहेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्रोत-साधन अभाव रहेको र निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने जानकारी गराएको छ।
  • प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले मनसुनजन्य विपद् व्यवस्थापनका लागि हेलिकप्टर, डुंगा, ड्रोन व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताए।
  • प्राधिकरणले स्थानीय तहलाई खोलानाला अवरुद्ध नहुने गरी सफाइ गर्न पत्राचार गरेको र स्थानीय सरकारले प्रभावकारी विपद् व्यवस्थापन गर्न सक्ने बताए।

१० वैशाख, काठमाडौं । सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत-साधनको अभाव रहेको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सो कुराको जानकारी गराएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले त्यस्ता खालको अभाव हुन नदिनका लागि आफूहरूले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपरेको समेत स्पष्ट पारे ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकप्टर, डुंगा, ड्रोन लगायतका व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्नु परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख भट्टले गत वर्षमा जस्तै यस वर्ष पनि विपद् व्यवस्थापनका लागि अभाव भएका स्रोत-साधनको थप व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइएको बताए ।

प्राधिकरणले विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहलाई ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सफाइको काम गर्न पनि पत्राचार गरिएको जनाएको छ ।

विपद् व्यवस्थापनको काम स्थानीय सरकारले प्रभावकारी ढंगले सम्पन्न गर्न सक्ने भएकाले सोही अनुसारको तयारी भइरहेको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?