+
+
Shares

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

मानव-वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने तथा वन्यजन्तुहरूबाट हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान सञ्चालन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १४:२७

१० चैत, पर्सा । बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना कम गर्न पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ ।

निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए ।

अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे चेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या परेका बखत कसरी समाधान खोज्नेलगायत छलफल कार्यक्रम जारी छन् ।

बाघका माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिँदै उनले जङ्गलमा आगो लगाउने, चोरी शिकारीजस्ता गतिविधिका कारण वन्यजन्तु जङ्गलबाट बाहिर निस्कने गरेकाले त्यस्ता गतिविधि हुननदिनेतर्फ सबैलाई सचेत गर्न अभियान सञ्चालन गरिएको बताए ।

यसैबीच, निकुञ्ज प्रशासनले  चालु आर्थिक वर्षको प्रथम  नौ महिनामा  बाघसहितका वन्यजन्तुबाट पीडित भएकाहरुलाई क्षतिपूर्तिस्वरुप १९ लाख रुपैयाँ प्रदान गरिएको जनाएको छ । वन्यजन्तुबाट सबैभन्दा बढी हानि मकवानपुरमा भएको छ ।

सोही अवधिमा हातहतियार सिकारी तथा वन काठपात दाउरासम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । हातहतियार सिकारीसम्बन्धी छ वटा र वन काठपात दाउरासम्बन्धी एउटा मुद्दा दर्ता हुदाँ १५ जना पक्राउ परेका छन् ।

त्यसैगरी, निकुञ्जले गिट्टीबालुवा तथा वनपैदावारको सलामी शुल्कवापत ६० लाख ५३ हजार २५५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?