+
+
Shares

‘क्याच स्पाइसेस’द्वारा होटल, रेस्टुरेन्ट र क्याटरिङ क्षेत्रमा रणनीतिक विस्तार घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरमपाल सत्यपाल समूहको क्याच स्पाइसेसले नेपालमा रिटेल र होरेका क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीति घोषणा गरेको छ।
  • क्याच स्पाइसेसले वितरण सञ्जाल विस्तार गरी बजारमा पहुँच बढाउने र साझेदारहरूसँग सम्बन्ध मजबुत बनाउने लक्ष्य राखेको छ।
  • ब्रान्ड एम्बेसडर सन्तोष शाहले २२ र २३ अप्रिलमा क्याच स्पाइसेस प्रयोग गरी विशेष लाइभ कुकिङ सेसन सञ्चालन गर्नेछन्।

१० वैशाख, काठमाडौं । एफएमसीजी समूह तथा मल्टीबिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा होरेका (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीति घोषणा गरेको छ।

उक्त घोषणा भृकुटीमण्डपमा आयोजित जीएआई फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी को ११ औँ संस्करणमा गरिएको हो । मेलामा ब्रान्डले डायमण्ड स्पोन्सरको रूपमा सहभागिता जनाएको छ।

यो कदमपछि वितरण सञ्जाल विस्तार गर्ने, बजारमा पहुँच बढाउने तथा रिटेल र फुड सर्भिस क्षेत्रका साझेदारहरूसँग थप मजबुत सम्बन्ध निर्माण गर्ने लक्ष्य राखिएको डीएस ग्रुपले जनाएको छ ।

मसला बजारमा विश्वसनीय नामको रूपमा आफ्नो स्थानलाई थप सुदृढ गर्दै क्याच स्पाइसेसले घरेलु उपभोक्ता र व्यवसायिक किचेन दुवैका आवश्यकतासँग आफूलाई समायोजन गरिरहेको जनाएको छ।

कार्यक्रममा क्याच स्पाइसेसले स्टल नम्बर द्यज्ञद्दद्ध, द्यज्ञद्दछ, द्यज्ञज्ञढ र द्यज्ञद्दण् मा आफ्ना विभिन्न मसला उत्पादनहरू प्रदर्शन गर्दै गुणस्तर र इनोभेसन प्रस्तुत गरिरहेको छ।

यस अवसरमा डीएस ग्रुप, क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले रणनीतिक विस्तारले प्याकेज्ड मसला उद्योगको रिटेल नेटवर्कमा उपस्थितिलाई थप गहिरो बनाउने लक्ष्य राखेको बताए । चालु आर्थिक वर्षको अन्त्यसम्ममा उल्लेखनीय बजार पहुँच हासिल गर्ने योजना रहेको बताए। स्वाद, सुगन्ध र रङमा स्थायित्वको बढ्दो मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सहित क्याच स्पाइसेसले स्थानीय स्वादअनुसार तयार गरिएका विविध उत्पादन उपलब्ध गराउने उनले बताए ।

‘क्याच स्पाइसेसको उपस्थितिको प्रमुख आकर्षणमध्ये अन्तर्राष्ट्रिय स्तरका प्रख्यात शेफ तथा नेपालका लागि ब्रान्ड एम्बेसडर सन्तोष शाहद्वारा २२ र २३ अप्रिलमा सञ्चालन गरिने विशेष लाइभ कुकिङ सेसनहरू रहेका छन्, जहाँ उनले क्याच स्पाइसेस प्रयोग गरी आफ्ना विशेष परिकारहरू प्रस्तुत गर्नेछन् र आधुनिक होरेका प्रयोगका लागि यसको बहुपयोगिता पनि देखाउनेछन्’ ग्रुपद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?