+

रोलिङ झापालाई टाइब्रेकरमा हराउँदै एनआरटी इलाम गोल्डकपको फाइनलमा

२०८३ वैशाख  १० गते १८:४३ २०८३ वैशाख १० गते १८:४३
रोलिङ झापालाई टाइब्रेकरमा हराउँदै एनआरटी इलाम गोल्डकपको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलाम गोल्डकपको सेमिफाइनलमा न्युरोड टिमले रोलिङ क्लब धुलाबारी झापालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
  • खेलको निर्धारित समयमा १–१ को बराबरी हुँदा टाइब्रेकरमा न्युरोडका आशिष गुरुङ, सोनाम एस लिम्बु, आदित्य शाक्य र शिशिर लेखीले गोल गरे ।
  • फाइनल खेल न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ र विजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।

१० वैशाख, इलाम । तेस्रो एनआरएनए इलाम गोल्डकपअन्तर्गत सम्पन्न अन्तिम सेमिफाइनल खेलमा न्युरोड टिम (एनआरटी) काठमाडौंले रोलिङ क्लब धुलाबारी झापालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

एनआरटीले टाइब्रेकरमा ४–३ को विजय हासिल गर्दा इलाम गोल्डकपको फाइनल समिकरण पुरा भएको छ ।

अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा एक एक गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमार्फत टुंगिएको हो । पहिलो हापको अतिरिक्त समयमा एनआरटीका लक्षु थापामगरले दिएको लङ रेञ्ज असिस्टलाई विज्ञान खड्काले लो क्रस प्रहार गर्दै सुन्दर गोल गरे ।

खेलको ८१औं मिनेटमा रोलिङका फागुराम चौधरीले वन टच प्रहार गर्दै गोल गरे । खेलको अन्त्यसम्ममा थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा एनआटीका टिमकप्तान आशिष गुरुङ, सोनाम एस लिम्बु, आदित्य शाक्य र शिशिर लेखीले गोल गरे । रोलिङ क्लबका लागि पुजन थापा, प्रतापसिंह राई र निङ्मा घिसिङले गोल गरे ।

रोलिङका रामबहादुर शाहलाई एनआरटीका विशाल सुनुवारले उत्कृष्ट बचाउ गरे । रोलिङका फागुराम चौधरी र एनआरटीका विज्ञान खड्काले प्रहार गरेको गोल गोलपोष्ट भन्दा माथिबाट बाहिरिएको थियो । खेलको निर्धारित समयमा दुवै क्लबको तर्फबाट गोल गर्ने चौधरी र खड्का नै थिए ।

टाइब्रेकरमा गोलको बचाउ गर्न सफल भएका एनआरटीका गोलरक्षक विशाल सुनुवार ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत फाइनल खेल वैशाख १२ गते शनिबार न्युरोड टिम (एनआरटी), काठमाडौं र मच्छिन्द्र फुटबल क्लब काठमाण्डौंबीच क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

उपाधिमाथि ह्याट्रिक गर्ने दाउमा रहेको एनआरटीले यसअघिको दुई संस्करणमा इलाम गोल्डकपको उपाधि जितिसकेको छ ।

रेड हर्स फुटबल क्लब इलामले आयोजना गरेको एनआरएनए इलाम गोल्डकपको उपाधि विजेताले रु १० लाख र उपविजेताले रु ५ लाख नगद प्राप्त गर्नेछन् ।

इलाम गोल्डकप रोलिङ झापा एफसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय