+
+
Shares

इरान युद्धबारे ट्रम्पले बिहीबार दिएका तीन ठूला बयान

स्ट्रेट अफ हार्मुज, इरानको आन्तरिक राजनीति र जारी शान्तिवार्ताका प्रसंगबारे उनले फरक–फरक तीन बयान दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते २२:४३

१० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे बिहीबार एकपछि अर्को गर्दै ती ठूला बयान दिएका छन् । स्ट्रेट अफ हार्मुज, इरानको आन्तरिक राजनीति र जारी शान्तिवार्ताका प्रसंगबारे उनले फरक–फरक तीन बयान दिएका हुन् ।

पहिलो बयानमा उनले अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउन आउने सबै जहाजमा हमला गर्न आफूले निर्देशन दिएको बताएका छन् ।

‘मैले अमेरिकी नौसेनालाई आदेश दिएको छु– होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याइरहेको देख्नेबितिक्कै जुनसुकै जहाज होस् हमला गर्,’ ट्रम्पले ट्रूथ सोसलमा लेखेका छन्, ‘यसमा कुनै हिचकिचाहट हुनु हुँदैन ।’ उनले अमेरिकी माइन स्वीपर्स यतिबेला होर्मुज स्ट्रेट सफा गर्न लागेको पनि दाबी गरेका छन् ।

आजकै अर्को ट्रूथ सोसलको पोस्टमा ट्रम्पले होर्मुज स्ट्रेटमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन् । सोही पोस्टमा उनले इरानको ‘नेता’ को हो ? भन्ने स्वयं इरानले नै थाहा पाउन नसकेको टिप्पणी पनि गरेका छन् ।

‘देशभित्र कट्टरपन्थी र उदारवादीका बीचमा जबरजस्त खिचातानी छ,’ उनले लेखेका छन्, ‘कट्टरपन्थी युद्धको मैदानमा नराम्ररी हारिरहेका छन् र उदारवादी त्यति धेरै उदार पनि छैनन् । तर, उनीहरूलाई सम्मान मिलिरहेको छ, यो अचम्मको कुरा छ ।’

यस्तै होर्मुज स्ट्रेटमा अमेरिकी सेनाको पूरा कब्जा रहेको बताउँदै उनले त्यहाँ अमेरिकी नौसेनाको अनुमतिबिना कुनै पनि जहाजले आउन–जान नसकेको बताएका छन् ।

आजको तेस्रो बयानमा ट्रम्पले बीबीसीसँग कुराकानी गर्दै आफूले जे गरिरहेको छ, त्यसले निकै राम्रो काम गरिरहेको दाबा गरेका छन् ।

‘दोस्रो पक्ष(इरान) सम्झौता गर्ने ब्यग्र प्रतीक्षामा छ । यसैले मैले जे भनिरहेको छु वा गरिरहेको छु । त्यसले धेरै राम्रो काम गरिरहेको छ,’ उनले भनेका छन् ।

इरान युद्ध अमेरिकाका लागि नचाहिएको बताउँदै उनले यो युद्धमा नेटो सदस्य पनि हुनुपर्ने अवस्था रहेको बताएका छन् ।

अमेरिका भने सधैँ बेलायत र नेटोको साथमा रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?