+
+
Shares

इरान युद्धको फाइदा चिनियाँ जहाज निर्माण उद्योगलाई

होर्मुज स्ट्रेट विगत आठ हप्तादेखि अवरुद्ध हुँदा तेलको मूल्य ऐतिहासिक रूपमा बढेको छ। जोखिमपूर्ण यात्राबाट बच्न ट्याङ्करहरूले लामो रुट प्रयोग गर्नुपरेकाले ढुवानी क्षमतामा कमी आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका र इरानबीचको युद्धले विश्वव्यापी तेल आपूर्तिमा अवरोध सिर्जना गरेपछि चिनियाँ जहाज कारखानाहरूले ठूलो ट्याङ्कर निर्माणमा नयाँ अवसर पाएका छन्।
  • होर्मुज स्ट्रेटमा नाकाबन्दीले तेल ढुवानीमा समस्या उत्पन्न हुँदा स्विजरल्याण्ड र सिंगापुरका कम्पनीहरूले चिनियाँ कारखानालाई ट्याङ्कर निर्माणको जिम्मा दिएका छन्।
  • चिनियाँ जहाज निर्माताहरूले कम लागत र छिटो डेलिभरीका कारण नयाँ अर्डरहरू पाएका छन् र युद्धले जहाज बजार मूल्यमा वृद्धि भएको छ।

९ वैशाख, काठमाडौं । अमेरिका र इरानबीचको जारी युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध सिर्जना भएपछि चिनियाँ जहाज कारखानाहरू नयाँ अवसरका रूपमा उदाएका छन्।

विशेष गरी होर्मुज स्ट्रेटमा लगाइएको नाकाबन्दीले कच्चा तेल ढुवानीमा समस्या उत्पन्न भएपछि विश्वभरका ढुवानी कम्पनीहरूले ठूला तेल ट्याङ्कर निर्माणका लागि चीनतर्फ हात बढाएका छन्। एक पटकमा करिब २० लाख ब्यारेल तेल ढुवानी गर्न सक्ने यी ट्याङ्करहरूको माग अहिले उच्च देखिएको छ।

होर्मुज स्ट्रेट विगत आठ हप्तादेखि अवरुद्ध हुँदा तेलको मूल्य ऐतिहासिक रूपमा बढेको छ। जोखिमपूर्ण यात्राबाट बच्न ट्याङ्करहरूले लामो रुट प्रयोग गर्नुपरेकाले ढुवानी क्षमतामा कमी आएको छ।

यसैको फाइदा उठाउँदै चिनियाँ जहाज निर्माताहरूले आफ्नो बलियो क्षमता, कम लागत र छिटो डेलिभरी दिने प्रतिबद्धताका कारण नयाँ अर्डरहरू प्राप्त गरिरहेका छन्। हालैका हप्ताहरूमा स्विजरल्याण्ड र सिंगापुरका ठूला कम्पनीहरूले चिनियाँ कारखानाहरूलाई ट्याङ्कर निर्माणको जिम्मा दिएका छन्।

स्विजरल्याण्डको एडभान्टेज ट्याङ्कर्सले यसअघि दक्षिण कोरियामा भर पर्दै आएको भए पनि हालै चीनलाई दुईवटा विशाल ट्याङ्कर निर्माणको अर्डर दिएको छ। यी जहाजहरू सन् २०२८ र २०२९ सम्ममा तयार हुने अपेक्षा गरिएको छ।

त्यस्तै, जेनेभामा आधारित मर्कुरिया इनर्जी ग्रुपले झण्डै ६५ करोड अमेरिकी डलर बराबरको सम्झौता गर्दै चारवटा ठूला ट्याङ्कर र दुईवटा उत्पादन ट्याङ्कर निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई सुम्पेको छ। सिंगापुरको याङ्जीजियाङ म्यारिटाइम डेभलपमेन्टले पनि पहिलो पटक आठवटा ठूला ट्याङ्कर निर्माणका लागि चीनसँग सम्झौता गरेको छ।

युद्धका कारण सिर्जना भएको यो संकटले जहाजहरूको बजार मूल्यमा पनि उल्लेख्य वृद्धि गराएको छ। उदाहरणका लागि, स्विजरल्याण्डको एडभान्टेज ट्याङ्कर्सले पहिले ११ करोड ९० लाख डलरमा खरिद गरेको एउटा निर्माणाधीन ट्याङ्करको मूल्य अहिले बढेर १५ करोड २० लाख डलर पुगेको छ।

विश्वभरका पुराना जहाजहरू प्रतिस्थापन गर्नुपर्ने र वैकल्पिक रुटहरू लामो हुँदा थप जहाज चाहिने भएपछि चिनियाँ जहाज निर्माण उद्योगका लागि यो समय स्वर्ण युग सावित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?