+
+
Shares

थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी

सुकुमवासी बस्ती हटाउन सरकारले डोजर प्रयोग गर्ने तयारी गरेको र त्यसविरुद्ध युवाहरुले प्रदर्शन गरेका बेला सीसीटीभी जडान गर्न लागेको देखेर कतिपयले चासो व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं प्रहरीले थापाथलीको सुकुमवासी बस्ती क्षेत्रमा सुरक्षा उद्देश्यले सीसीटीभी जडान कार्य थालेको छ।
  • काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले यो कार्य नियमित कार्यक्रम अन्तर्गत भइरहेको जानकारी दिए ।
  • सुकुमवासी बस्ती हटाउन सरकारले डोजर प्रयोग गर्ने तयारी गरेको बेला सीसीटीभी जडान गर्न लागेको देखेर कतिपयले चासो व्यक्त गरेका छन् ।

११ वैशाख, काठमाडौं । प्रहरीले थापाथलीको सुकुमवासी बस्ती क्षेत्रमा सीसीटीभी जडान कार्य थालेको छ । बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी जडान कार्य थालिएको हो ।

सुरक्षाका लागि सीसीटीभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नियमित कार्यक्रम अन्तर्गत सीसीटीभी जडान भइरहेको जानकारी दिए ।

‘काठमाडौंलाई सुरक्षित राख्ने उद्देश्यअनुसार सीसीटीभी जडान हाम्रो नियमित कार्यक्रम हो । प्राविधिक टोलीले आज थापाथली क्षेत्रमा जडान गर्दैछ,’ उनले भने ।

सुकुमवासी बस्ती हटाउन सरकारले डोजर प्रयोग गर्ने तयारी गरेको, त्यसविरुद्ध केही युवाहरु भेला भएर सरकारविरुद्ध प्रदर्शन गरेका बेला सीसीटीभी जडान गर्न लागेको देखेर कतिपयले चासो व्यक्त गरेका छन् ।

तर प्रहरीले नियमित कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा सीसीटीभी जडान भइरहेको र सोही अनुसार आज थापाथलीमा पालो परेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?