+
+
Shares

विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १६:१६

११ वैशाख, काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने,’ उनले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै भने ।

सरकारले यसअघि मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू मात्रै सार्वजनिक गर्दै आएको थियो ।

आज भने सरकारले हालसम्मका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?