News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सुकुमवासी समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताएको छ।
- प्रवक्ता देवराज चालिसेले बिना वार्ता र संवाद बल प्रयोग अन्तिम विकल्प भएको उल्लेख गरे।
- चालिसेले सरकारले हिंसा प्रयोग गर्नु अपरिपक्वता र अनुभवको अभाव भएको बताए।
११ वैशाख, काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुमवासी समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताएको छ ।
प्रवक्ता देवराज चालिसेले संवाद बिनै बल जफत गर्नु राम्रो नहुने बताए ।
बल प्रयोग गर्ने विषय अन्तिम विकल्प भएको बताउँदै बिना वार्ता र संवाद विकल्पमा प्रवेश गर्न नहुने आफूहरूको धारणा रहेको उनले बताए ।
‘चाहे सुकुमवासीको कुरो होस चाहे विद्यार्थीको कुरो होस चाहे अन्य विषय किन नहुन । संवाद सहकार्य वार्ताबाटै मात्रै यी कुराहरु मुठभेडबाट होइन समाधान खोज्ने,’ चालिसेले भने, ‘कुरा सुन्नु पर्यो जनताको आवाज सुन्नु पर्यो अनि समाधानको अगाडि जानु पर्यो । समाधान पछि उपाय केही लागेन भने सरकारले हिंसा प्रयोग गर्ने सरकारले बल जफत गर्ने भन्ने कुरा त अन्तिम विकल्प हो नि ।’
उनले थप अघि भने, ‘अन्तिम विकल्पलाई बिना वार्ता बिना संवाद पहिलै विकल्पको रुपमा प्रयोग गर्नु भनेको यो सरकारको बचपना हो यो अनुभवको अभाव हो यो अपरिपक्वता हो ।’
प्रतिक्रिया 4