News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई ११ र १२ वैशाखमा हटाउने तयारी गरेको छ।
- एमनेस्टी इन्टरनेसनल र विभिन्न राजनीतिक दलले जबर्जस्ती हटाउने कदमप्रति शंका व्यक्त गरेका छन्।
- प्रधानमन्त्री बालेन शाहले बस्ती हटाउने काम विकल्पसहित र दीर्घकालीन समस्या समाधानका लागि गरिएको बताएका छन्।
११ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई शनिबार र आइतबार दुई दिन लागएर हटाउने तयारी गरेको छ । उनीहरूलाई जबर्जस्ती हटाउन लागिएको भन्दै एमनेस्टी इन्टरनेसनल देखि विभिन्न राजनीतिक दल र मानवअधिकारवादी संस्थाहरूले सरकारको कदमप्रति शंका गरेका छन् ।
उनीहरूले न्युनतम मानवीय व्यवहार नहुने र विकल्पविहीन अवस्थामा स्थानान्तरण हुन लागेको हो कि भन्ने शंका पनि गरेका छन् ।
तर, प्रधानमन्त्री बालेन शाहले उनीहरूलाई विकल्पसहित व्यवस्थापन गर्न खोजिएको बताएका छन् । बर्खामा हुने जोखिमलाई अहिले नै न्युनीकरण गरी दीर्घकालीन समस्या समाधानका लागि बस्ती हटाउन लागिएको उल्लेख गरेका छन् ।
बस्तीमा प्रहरीले माइकिङ गरेपछि कतिपयले आफ्ना सामानहरू सुरक्षित स्थानमा लगिरहेका छन् । केही भने प्रतिकारको मनस्थितिमा बसिरहेका छन्।
भोली शनिबारबाट हटाउने सूचीमा रहेका थापाथली, सिनामंगल र मनोहराका तीनवटा बस्तीहरू छन् । नदी किनारका ती बस्तीहरू कति अव्यवस्थित रुपमा रहेका छन् ? ड्रोन भ्यूमामा यस्तो देखिन्छ ।
थप तस्वीरहरू:






















प्रतिक्रिया 4