+
+
Shares

काठमाडौंको कपन क्षेत्रबाट १४ वर्षीय बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कपन क्षेत्रबाट गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि युवराज कार्की नामका बालक सम्पर्कविहीन भएका छन्।
  • उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको खोजतलासका लागि निवेदन दिएका छन्।
  • प्रहरीले बालकलाई अन्तिम पटक महांकाल ओरालोमा देखिएको उल्लेख गर्दै फेला पार्न नजिकैको प्रहरी चौकी वा दिइएका नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

८ वैशाख, काठमाडौं । काठमाडौंको कपन (मुस्कानचोक) क्षेत्रबाट एक बालक बेपत्ता भएका छन् । उनी गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ ।

युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ, कालो कपाल र कालो टी शर्ट लगाएका ती बालक सम्पर्कविहीन भएका छन् ।

उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको खोजतलासका लागि निवेदन पनि दिएका छन् । मातहतका प्रहरी कार्यालयहरूमा खोजी गर्नका लागि सर्कुलर पनि गरिएको कपन प्रहरी प्रभागले जनाएको छ ।

परिवारका अनुसार, बालक कक्षा ८ मा अध्ययनरत थिए ।

उनलाई अन्तिम समयमा महांकाल ओरालोमा देखिएको प्रहरीले जनाएको छ ।

उक्त बालकलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी वा ९८४९११५५२२/९८५१२४५५२२/९८४९०६९५५५मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?