News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको छ।
- पाण्डे राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् र ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
- उनविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो र उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए।
११ वैशाख, काठमाडौं । राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।
उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4