+
+
Shares

अब हरेक राष्ट्रवादी र अभियान्ता खोजेर पार्टीमा ल्याउनुपर्छ : विक्रम पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १४:५०

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले अब हरेक राष्ट्रवादी समूहलाई पार्टीमा ल्याउनुपर्ने बताएका छन् ।

बुधबार राप्रपा र राप्रपा नेपालबीच भएको एकता घोषणा सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

साथै, उनले देश र विदेशमा बस्ने सबै नेपालीहरूलाई एक हुनका लागि आह्वान गरेका हुन् ।

‘नेपाल अधिराज्यभर, विदेशमा बस्ने नेपालीलाई पनि म आग्रह गर्न चाहन्छु, राष्ट्रवादीहरूले जित्नुपर्ने लडाईंमा छौं । यो पार्टीलाई बलियो बनाउनुपर्छ । कार्यकर्तालाई उचो मनोबल दिएर अघि बढ्न सक्नुपर्ने बनाउनुपर्छ,’ उनले भने ।

राप्रपा र राप्रपा नेपाल एउटै नदीको दुईवटा भंगालोमा पसेको र अब एक ठाउँमा आइसकेको टिप्पणी पाण्डेले गरे ।

‘मलाई थाहा छ, जिल्ला जिल्लामा पार्टी चलाएर बस्न निकै गाह्रो भएको छ । अहिलेसम्म पार्टीलाई एक ठाउँमा ल्याइदिनुभएको छ । हामीले अहिलेसम्म केही गर्न सकेका छैनौं,’ पाण्डेले भने, ‘यतिमात्रैले पुगेको छैन । यो त हामीसँगै थियो । एउटा नदीको दुईवटा भंगालो भएको थियो, त्यहाँ गएर मिसियौं । अब हामी हरेक राष्ट्रवादी समूह, अभियान्ता खोजेर उहाँहरूलाई हाम्रो पार्टीमा ल्याउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?