News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले छैटौं एसियन बिच गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा लगातार दोस्रो जित हात पारेको छ ।
- नेपालले समूह बी अन्तर्गत थाइल्यान्डलाई ४९-३३ को अन्तरले पराजित गरेको छ ।
- नेपालले आइतबार बंगलादेशसँगको खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ ।
१२ वैशाख, काठमाडौं । चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
समूह बी अन्तर्गत शनिबार बिहानै भएको खेलमा नेपालले थाइल्यान्डलाई ४९-३३ को अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा नेपालले २३-१५ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि सोही लयलाई निरन्तरता दिँदै नेपालले २६-१८ को अग्रता बनायो र खेल जित्यो ।
यसअघि पहिलो खेलमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको थियो ।
शुक्रबार तय भएको नेपाल र बंगलादेशबीचको खेल भने वर्षाका कारण रोकिएको थियो र उक्त खेल अब आइतबार हुने नेपाली टोलीका सेफ दि मिन रामकृष्ण श्रेष्ठ (बोस)ले जानकारी दिए ।
श्रेष्ठका अनुसार नेपालले आइतबार बंगलादेशसँगको खेल खेलेपछि समूह विजेताको टुङ्गो लाग्नेछ र सेमिफाइनल खेलपनि आइतबारै हुनेछ ।
सेमिफाइनलमा पुगेपछि नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको पनि श्रेष्ठले जानकारी दिए ।
छैटौं एसियन बिच गेम्समा नेपालबाट महिला कबड्डी र कुस्ती खेलका टोली मात्र सहभागि छन् ।
प्रतिक्रिया 4