News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले कीर्तिपुरमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएई विरुद्धको खेलमा २५ ओभरमा ५ विकेट गुमाएर १०७ रन बनाएको छ।
- नेपालका ओपनर आसिफ शेख ७ रनमा आउट भए भने कुशल भुर्तेलले २४, भीम शार्कीले १० र कप्तान रोहित पौडेल २ रनमा आउट भएका छन्।
- यूएईका तनभीर र अजय कुमारले २-२ विकेट लिएका छन् भने हैदर अलीले १ विकेट लिएका छन्।
१२ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमा भइरहेको यूएई विरुद्धको खेलमा नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गर्दा ५ विकेट गुमाइसकेको छ ।
नेपालले २५ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १०७ रन बनाएको छ ।
नेपालका लागि ओपनर आसिफ शेख ७ रन बनाएर सुरुमै आउट भए । कुशल भुर्तेलले २४, भीम शार्कीले १० र कप्तान रोहित पौडेल २ रनमा आउट भए । बसिर अहमदले २० रन जोडे ।
अहिले क्रिजमा उपपक्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेख ब्याटिङ गरिरहेका छन् ।
यूएईका खुजाइमा तनभीर र अजय कुमारले २-२ तथा हैदर अलीले १ विकेट लिएका छन् ।
प्रतिक्रिया 4