+
लिग २ क्रिकेट :

बलिङ चम्किँदा यूएईमाथि नेपालको जित

२०८३ वैशाख  १२ गते १७:०९ २०८३ वैशाख १२ गते १७:०९
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलमा युएईलाई ३७ रनले हराएको छ।
  • नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभर २ बलमा १६३ रनमा समेटिएको थियो।
  • नेपालका करण केसीले ४ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए।

१२ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो ।

युएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए । आर्यंश शर्मा १८, अदीब उसमानी १, मोहम्मद शाहदाद २, अक्षदीप नाथ ३०, कप्तान मोहम्मद वासिम ३४, खुजाइम तनविर १, अजय कुमार २ र निलांश केश्वानी १८ रनमा आउट भए । जुनेक सिद्दिकी ७ रनमा अविजित रहे ।

बलिङमा नेपालका करण केसीले ४, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक-एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा २०० रनमा समेटिएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ९० बलमा ७५ रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेल २४, आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५ र करण केसी २२ रनमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।

बलिङमा यूएईका अजय कुमार र जुनेक सिद्दिकीले समान ३–३ विकेट लिए । खुर्जा तनविरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एकएक विकेट लिए । अब नेपालले दोस्रो खेल बुधबार ओमनसँग खेल्नेछ ।

नेपालले लिग टु मा ४ खेलपछि पहिलो जित निकालेको हो । यो १० महिनापछिको पहिलो जित समेत हो भने घरेलु मैदानमा दोस्रो जित हो ।

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय