+

नेपाली केम्पो टोलीलाई एक स्वर्णसहित २५ पदक

२०८३ वैशाख  १२ गते २०:२४ २०८३ वैशाख १२ गते २०:२४
नेपाली केम्पो टोलीलाई एक स्वर्णसहित २५ पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली केम्पो टोलीले टर्कीको एन्टाल्यामा भएको २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा एक स्वर्णसहित २५ पदक जितेको छ।
  • जुनियर कातामा मोनालिसा धामीले स्वर्ण पदक जित्दै नेपालको स्वर्ण खाता खोलेकी थिइन् भने उनले फुल केम्पो फाइट (जुनियर) मा रजत पनि जितिन्।
  • नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले यो नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भएको र पदक प्राप्ति गौरवको विषय भएको बताउनुभयो।

१२ वैशाख, काठमाडौं । नेपाली केम्पो (मार्सल आर्ट्स) टोलीले टर्कीएमा भएको २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा एक स्वर्णसहित कुल २५ पदक जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको ।

टर्कीएको एन्टाल्या शहरमा भएको च्याम्पियनसिपमा कुल पाँच विधामा गरेर नेपाली टोलीले एक स्वर्ण, ६ रजत र १८ कांस्यसहित कुल २५ पदक जितेको हो ।

जुनियर कातामा मोनालिसाले धामीले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । शनिबार भएको फुल केम्पो फाइट (जुनियर) तर्फ १२–१४ वर्ष उमेरसमूहमा पनि मोनालिसाले रजत पदक जितिन् । यसै विधाको ८ देखि १० वर्ष उमेरसमूहमा पनि आइरा गौतमले रजत पदक दिलाइन् ।

जुनियरतर्फ फुल केम्पो फाइट (६ देखि ८ वर्ष उमेरसमूह) मा पृशा राज्यलक्ष्मी शाह कांस्य पदकमा सीमित भइन् । यसै विधामा १२ देखि १४ वर्ष उमेरसमूहमा सुलभ श्रेष्ठले कांस्य जिते । फुल केम्पो फाइट (सिनियर) मा पनि नेपालका शिवहरि राई कांस्य पदकमा नै सीमित भए ।

नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले स्वर्ण पदकमा सीमित सफलता पाए पनि समग्रमा खेलाडीले पदकको संख्या धेरै जित्नुले उत्साहित बनाएको बताए । ‘यो विश्व च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । उनले यति धेरै पदक प्राप्त हुनु देशका लागि गौरवको विषय हो,’ उनले भने ।

प्रतियोगिताको पहिलो दिन जुनियर कातामा मोनालिसा धामीले स्वर्ण पदक जित्दै नेपालको स्वर्ण खाता खोलेकी थिइन् । सोही विधामा क्रिडिक्स विक्रम कुँवर र दिलमान लामाले कांस्य पदक जिते । विपन काता (जुनियर) मा मोनालिसा धामीले रजत, सुलभ श्रेष्ठ र क्रिडिक्स विक्रम कुँवरले कांस्य पदक जिते । काता (१८ वर्षमाथि) मा यमन पाण्डेले कांस्य पदक हात पारे ।

समूह कातामा मोनालिसा धामी र आइरा गौतमले कांस्य जित्दा, सेल्फ डिफेन्स विधामा सुरेश पराजुली, यमन पाण्डे, मोनालिसा धामी र शिवहरि राईको टोलीले कांस्य पदक जित्यो । मिक्स सेल्फ डिफेन्समा अञ्जना शाही, यमन पाण्डे, मोनालिसा धामी र शिवहरि राईले रजत जिते भने सेल्फ डिफेन्स (जोडी) मा अञ्जना शाही र मोनालिसा धामीले कांस्य पदक प्राप्त गरे ।

दोस्रो दिन सबमिसन (जुनियर) मा क्रिडिक्स विक्रमले रजत जिते भने मोनालिसा धामी, सुलभ श्रेष्ठ र आइरा गौतमले कांस्य पदक जिते । सेमि केम्पो फाइट (जुनियर) मा मोनालिसा धामीले रजत पदक जित्दा क्रिडिक्स विक्रम र आइरा गौतमले कांस्य पदक जिते । नक डाउन फाइटमा यमन पाण्डेले कांस्य जिते ।

महासंघका अध्यक्ष शाहले भने, ‘यति धेरै पदक प्राप्त गर्नु नेपालको लागि गौरवको विषय हो । यो हाम्रो विश्व च्याम्पियनसिपमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।’

नेपालबाट कुल १६ खेलाडी तथा अधिकारी सहभागी रहेको प्रतियोगितामा प्रशिक्षक अञ्जना शाहीले सबै पदक विजेता तथा सहभागी खेलाडीलाई विश्वस्तरमा नेपालको झण्डा फहराउन सफल भएकोमा बधाई दिइन् ।

२२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय