+
+
Shares

ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको सुनियो, ट्रम्पलाई सुरक्षित स्थानमा लगियो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते ७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि उनलाई सुरक्षित स्थानमा सारिएको छ।
  • बीबीसीले गोली चलेको सुनिएपछि सुरक्षाकर्मीले ट्रम्प र उनकी पत्नीलाई स्टेजबाट बाहिर लगेको र कार्यक्रम केहीबेरपछि पुनः सुरु भएको जनाएको छ।
  • एएफपीका अनुसार घटनामा संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ तर घाइतेको विवरण आएको छैन।

१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गरेको एक कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ । ह्वाइटहाउसमा भएको सो घटनापछि ट्रम्प र प्रथम महिला मेलानियालाई सुरक्षित स्थानमा सारिएको छ ।

एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् तर घाइतेको विवरण आएको छैन । संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । तर उनको पनि परिचय खुलेको छैन ।

ह्वाइट हाउसले पत्रकारहरूका लागि डिनर कार्यक्रम आयोजना गरेको थियो । ट्रम्प बोलिरहेका मानिसहरुको हलचल सुरु भएपछि उनी बोल्दाबोल्दै रोकिएका थिए । त्यसपछि केही पड्किएको आवाज सुनिएको थियो ।

लगत्तै सिक्रेट सर्भिसका सदस्यहरूले ‘तल बस्नुहोस्, तल बस्नुहोस्,’ भन्दै राष्ट्रपति ट्रम्पलाई कार्यक्रमस्थलबाट बाहिर लगेका थिए ।

ट्रम्पका शीर्ष सल्लाहकार स्टिफन मिलरलाई पनि सुरक्षाकर्मीहरुले हतार हतार भीडबाट बाहिर निकालिएको देखिएको थियो । कार्यक्रममा सहभागीहरु भुईंमा निहुरिएर बसेका थिए ।

बीबीसीका अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएसका अनुसार सिक्रेट सर्भिसले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई मञ्चबाट सुरक्षित स्थानमा लगेपछि काउन्टर असल्ट टिम (सीएटी)का हतियारधारी सुरक्षाकर्मीहरू मञ्चमा उभिएर कोठाको पछाडितर्फ लामो बन्दुक तेर्स्याएको देखिएको थियो ।

सीबीएसका अनुसार केही समयपछि सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि हतार हतार अर्को कोठातिर लगेका थिए । त्यसक्रममा उनीहरू टेबल र ढलेका खाली कुर्सीहरू नाघ्दै अघि बढेका थिए ।

यस घटनाको केही समयपछि एक वक्ता मञ्चमा आएर डिनर कार्यक्रम पुन: सुरु हुने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?