+

एसियन बिच गेम्स : कबड्डीमा अपराजित नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने

२०८३ वैशाख  १३ गते ११:०४ २०८३ वैशाख १३ गते ११:०४
एसियन बिच गेम्स : कबड्डीमा अपराजित नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले छैटौं एसियन बीच गेम्स २०२६ अन्तर्गत कबड्डी समूह बी अन्तर्गत बंगलादेशलाई ३८-३६ ले पराजित गरेको छ।
  • नेपाल समूह बी मा अपराजित रहँदै सेमिफाइनल खेल्न पुगेको छ र फाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
  • नेपालले समूह चरणमा चाइनिज ताइपेईलाई ४८-३२ र थाइल्यान्डलाई ४९-३३ ले हराएको थियो।

१३ वैशाख, काठमाडौं । छैटौं एसियन ‘बीच गेम्स’ २०२६ अन्तर्गत कबड्डीको समूह बी अन्तर्गतको अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।

समूह बी समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३८-३६ ले पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल खेल्ने भएको छ । नेपाल समूह बी मा अपराजित रहँदै सेमिफाइनल खेल्न लागेको हो।

नेपालले पहिलो हाफमा १९-१७ले अग्रता बनाएको थियो । दोस्रो हाफमा सही अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो ।

नेपालले समूह चरणको पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै ४८–३२ को जित दर्ता गरेको थियो । समूह चरणको दोस्रो खेलमा थाइल्यान्डलाई ४९-३३ ले हराएको थियो ।

नेपालले फाइनल प्रवेशका लागि सेमिफाइनलमा श्रीलंकासँग खेल्नेछ ।

छैटौं एसियन बिच गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय