+

एन्फा पदाधिकारीलाई विदेश जान रोक

२०८३ वैशाख  १३ गते १२:५२ २०८३ वैशाख १३ गते १२:५२
एन्फा पदाधिकारीलाई विदेश जान रोक

१३ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ ।

आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।

राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । खेलकुद मन्त्रालयमार्फत आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार छानबिन समिति गठन गरिएको राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।

राखेपले छानबिनका क्रममा एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन गर्न खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो ।

खेलकुदले गृह मन्त्रालयमार्फत पत्र पठाएपछि अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको हो । अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ मा तीन महिनाका लागि निलम्बन गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा एन्फा पदाधिकारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय