News Summary
Generated by OK AI. Editorially reviewed.- न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले दशौं पीएम कप एनभीए महिला भलिबल लिग २०८३ मा लगातार तेस्रो जित हात पारेको छ।
- नेपाल एपीएफ क्लबले महिला भलिबल लिगमा दोस्रो जित हासिल गरेको छ र सुदूरपश्चिमलाई २५-१७, २५-१०, २५-९ ले पराजित गरेको छ।
- न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २५-१८, २५-१६, २५-१९ ले हराएको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको थियो।
१३ वैशाख, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को आइतबार महिलातर्फ जित हात पारेका छन् ।
महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले लगातार तेस्रो जित हात पार्दा एपीएफको भने यो दोस्रो जित हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २५-१८, २५-१६,२५-१९ ले पराजित गरेको हो ।
यसअघि न्यु डायमन्डले सुदुरपश्चिम र एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो । लगातार तीन जितबाट ९ अंक जोडेको न्यु डायमन्ड महिलातर्फ अंकतालिकामा शीर्ष स्थानमा छ ।
न्यु डायमन्डले अब एपीएफ र पुलिस क्लबसँग खेल्न बाँकी छ ।
यस्तै एपीएफले सुदूरपश्चिमलाई २५-१७, २५-१०,२५-९ ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।
एपीएफ त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो भने एभरेस्ट भलिबल क्लबसँग पराजित भएको थियो ।
अब एपीएफले न्यु डायमन्ड र नेपाल पुलिस क्लबसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया 4