News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष रमेशकुमार घिमिरेले बिक्री गरिने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्दा व्यवसायीहरू समस्यामा परेको बताए।
- घिमिरेले वर्षौंदेखि स्टक रहेका सामान १५ दिनमा सकाउन नसकिने र फिर्ता पठाउन पनि सम्भव नभएको भन्दै सरकारले समय बढाउन आग्रह गरेको बताए।
- मोबाइल व्यवसायीहरूले किस्ताबन्दीमा मोबाइल बिक्री गर्दा उपभोक्ताले किस्ता समयमा नतिर्दा व्यवसायीहरूलाई ब्ल्याक लिस्टमा पारिएको र उनीहरूले सबै जिम्मेवारी लिन नसक्ने गुनासो गरेका छन्।
१३ वैशाख, चितवन । नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेशकुमार घिमिरेले सरकाले लागु गर्न लागेको बिक्री गरिने वस्तुमा अधिकतम खुद्रा मुल्य (एमआरपी) को विषयले व्यवसायीहरू समस्यामा परेको बताएका छन्।
मोबाइल व्यवसायीले वर्षौंदेखि बिक्री नभएका र स्टक रहेका सामानहरूको स्टक १५ दिनमा नै सकाउन वा फिर्ता गर्न सम्भव नभएको भन्दै उनले थप समय दिन सरकारसँग आग्रह गरे।
‘रिटेल व्यवसायीले वस्तुको मूल्य राख्ने होइन, आयातकर्ता र उत्पादन कर्ताले मूल्य तोकेर दिनु पर्छ, अधिकतम खुद्रा मूल्य तोकेर दिइयोस् हामी कार्यान्वयन गर्छौं, तर विगतमा स्टक रहेका नबिकेका सामान १५ दिनमा नै बेच भनेर सकिंदैन, फिर्ता पठाउन पनि सम्भव छैन, सरकारले पर्याप्त दिएर समय बढाओस् हामी सरकारको एमआरपीको निर्णय मान्छौं,’ घिमिरेले भने।
मोबाइल व्यवसायीहरूले मोबाइल कम्पनीहरूबाटसमेत पछिल्लो समय असहयोग भोग्दै आइरहेको तर्फ पनि घिमिरेले असन्तुष्टि जनाए।
उनले किस्ताबन्दीमा मोबाइल विक्री गर्दा सो को मूल्य वापतको किस्ता उपभोक्ताले समयमा नतिर्दा खुद्रा व्यवसायीहरू समस्यामा पर्न थालेको गुनासो गरे।
`व्यवसायीहरूले मोबाइल कम्पनीहरूबाट पनि पछिल्लो समय असहयोग भोग्दै आइरहेका छन्, किस्ताबन्दीमा मोबाइल बिक्री गर्दा सो को मूल्य वापतको किस्ता उपभोक्ताले समयमा नतिर्दा खुद्रा कम्पनीले व्यवसायीहरूलाई ब्ल्याक लिस्टमा पार्न थालेका छन, ईएमआईको पेमेन्टसँग व्यवसायीलाई सरोकार नै हुँदैन, कम्पनीले सबै भेरिफिकेसन गरेर अप्रुभ गरेपछि हामीले दिने हो, हामी व्यवसायी सबै जिम्मेवारी लिन सक्दैनौं,´ घिमिरेले भने ।
प्रतिक्रिया 4