News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा भइरहेको २२औं वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन् ।
- गणेशले ८७ केजी माथि तौल समूहमा स्वर्ण जिते ।
- प्रवीण श्रेष्ठले र सन्देश अधिकारीले रजत पदक जितेका छन् ।
१३ वैशाख, काठमाडौं । जापानमा भइरहेको २२औं वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन् ।
गणेशले ८७ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन् । उनले स्वर्णको भिडन्तमा जापानका खेलाडीलाई हराएका थि ए।
यस्तै ८० केजी मुनीको तौल समूहमा प्रवीण श्रेष्ठले रजत पदक जित्न सफल भएका छन् । जापानिज खेलाडीलाई हराएर फाइनलमा स्थान बनाएका श्रेष्ठ फाइनलमा भने इन्डोनेसियन खेलाडीसँग पराजित भए ।
यस्तै ८७ केजी मुनी तौल समूहमा सन्देश अधिकारीले पनि रजत पदक जितेका छन् । उनले जापानकै खेलाडीलाई हराएर स्वर्ण पदकको भिडन्त पक्का गरेका थि ए। तर फाइनलमा इन्डोन्सियाकै खेलाडीसँग पराजित भए ।
२२औं संस्करणको यो प्रतियोगिता २४ अप्रिलमा सुरु भएर २७ अप्रिलमा सकिँदैछ ।
यस्तै नेपालकी आयुशा कार्कीले स्वर्ण जितेकी छन् । आयुशाले ४५ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको टिम प्रशिक्षक सरोज तामाङले जनाएका छन् ।
यु–११ व्यक्तिगत पुम्सेको महिलामा आरभी ज्ञवालीले रजत तथा पुरुषमा विशेषचन्द्र गामी र श्रेयन कार्कीले कांस्य जिते । यस टिमको व्यवस्थापकमा रुष्मा सुवेदी छिन् ।
प्रतिक्रिया 4