+

एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा पराजित, कांस्य पदक पक्का

२०८३ वैशाख  १३ गते १६:१६ २०८३ वैशाख १३ गते १६:१६
एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा पराजित, कांस्य पदक पक्का

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ मा महिला कबड्डी सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको छ ।
  • नेपालले समूह बी का तीनै खेल जितेर समूह विजेता बनेको थियो भने श्रीलंका समूह ए बाट उपविजेता बनेर सेमिफाइनल पुगेको थियो।
  • नेपालको कांस्य पदक पक्का भएको नेपाली टिमका सेफ दि मिसन रामकृष्ठ श्रेष्ठ (बोस) जानकारी दिए ।

१३ वैशाख, काठमाडौं । चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ मा महिला कबड्डीमा नेपाल सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको छ ।

आइतबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ४६-४३ ले पराजित भएको हो ।

फाइनल पुग्न असफल भएको नेपालको कांस्य पदक भने पक्का भएको नेपाली टोलीका सेफ दि मिसन रामकृष्ण श्रेष्ठ (बोस) जानकारी दिए । बालुवा एकै दिन दुई खेल खेल्दा कठिन भएको श्रेष्ठले बताए ।

समूह बी मा रहेको नेपालले आफ्नो समूहको तीनै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो । तर श्रीलंका भने तीन टोली मात्र रहेको समूह ए बाट उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

अखिल नेपाल कबड्डी संघका महासंघका महासचिव अरविन्द झाले नेपालले एकै दिन दुई खेल्दा कठिन भएको श्रीलंकाले दुई दिन रेस्ट पाएर आज एक खेल खेल्दा सहज भएको बताए ।

झाले नेपालले सबै खेल प्रतिस्पर्धात्मक भएको र हरेक दिन खेल्दा अरु विकल्प नभएको बताए ।

नेपाली महिला कबड्डीले पछिल्लो समय अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको र नतिजा पनि आइरहेको बताए ।

छैटौं एसियन बिच गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय