+
+
Shares

स्थितिपत्र सार्वजनिक गर्दै अर्थले भन्यो– सम्मानजनक आय भएको मुलुक बनाउने आधार छन्

स्थितिपत्रमा मन्त्रालयले अर्थतन्त्रको समष्टिगत आर्थिक तथा सामाजिक स्थितिको यथार्थपरक विश्लेषण गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ जसमा आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशत आर्थिक वृद्धि हुने उल्लेख छ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार १ सय अर्ब अमेरिकी डलर नजिक पुर्‍याउने लक्ष्य राखिएको बताए।
  • स्थितिपत्रमा आगामी ५ वर्षभित्र विद्युत जडित क्षमता १५ हजार मेगावाट पुर्‍याउने र राष्ट्रिय गौरवका आयोजनाको निर्माण २ वर्षभित्र सम्पन्न गर्ने योजना रहेको उल्लेख छ।

१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणका बेला यस्तो प्रतिवेदन निर्माणको घोषणा गरेका थिए ।

अर्थ मन्त्रालयले स्थिति पत्रमा मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै ५ देखि ७ वर्ष भित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्ने बताएको छ ।

अर्थतन्त्रको आकार १ सय अर्ब अमेरिकी डलर नजिक पुर्‍याउँदै नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने आधार रहेको समेत अर्थले उल्लेख गरेको छ ।

आगामी ५ वर्षभित्र विद्युत जडित क्षमता १५ हजार मेगावाट पुर्‍याउन, राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाको निर्माण २ वर्ष भित्र सम्पन्न गर्ने समेत अर्थले स्थितिपत्रमा लेखेको छ । रणनीतिक महत्वका नयाँ आयोजना विकास गर्ने लगायत पूर्वाधार विकासबाट निजी लगानी समेत आकर्षित भई आर्थिक वृद्धि तीव्र हुने अर्थले उल्लेख गरेको छ ।

स्थितिपत्रमा मन्त्रालयले अर्थतन्त्रको समष्टिगत आर्थिक तथा सामाजिक स्थितिको यथार्थपरक विश्लेषण गरेको जनाएको छ ।

स्थितिपत्रले नेपालको समग्र आर्थिक तथा सामाजिक अवस्थाको यथार्थपरक र वस्तुनिष्ठ विश्लेषण गरेको समेत मन्त्रालयले उल्लेख गरेको छ ।

विगतमा कतिपय आर्थिक नीतिले अपेक्षित नतिजा दिन नसक्नुको मुख्य कारण कमजोर कार्यान्वयन क्षमता, वित्तीय साधनको कमी र सीमित वित्तीय साधनको प्राथमिकता निर्धारण गरी कुशल विनियोजन गर्न नसक्नु रहेको अर्थको विश्लेषण छ ।

अत: यो स्थितिपत्र आगामी दिनमा यथार्थपरक नीति निर्माण गर्न, वित्तीय स्रोतको कुशल परिचालन गर्न, प्राथमिकता निर्धारण गर्न र कार्यान्वयनको पक्षलाई नतिजामुखी बनाउँदै आर्थिक स्थायित्व सहित उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना र आर्थिक समावेशीता कायम गर्न एक मार्गनिर्देशक दस्तावेजका रूपमा सहयोगी हुने अपेक्षा अर्थले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?