+

पीएम कप एनभीए भलिबल लिगमा हेल्प नेपालको लगातार चौथो जित

२०८३ वैशाख  १५ गते १७:४४ २०८३ वैशाख १५ गते १७:४४
पीएम कप एनभीए भलिबल लिगमा हेल्प नेपालको लगातार चौथो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल दशौं पीएम कप एनभीए लिग पुरुष भलिबलमा लगातार चौथो जित हात पारेको छ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हेल्प नेपालले नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा हराएको छ।
  • खिल्जी युवा क्लबले कोशी प्रदेशलाई हराउँदै पुरुषतर्फ पहिलो जित सहित ३ अंक जोडेको छ।

१५ वैशाख, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल दशौं पीएम कप एनभीए लिग महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ लगातार चौथो जित हात पारेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा हेल्प नेपालले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा हरायो ।

हेल्प नेपालले एपीएफलाई २५-१५, २३-२५, २५-१३, २५-१४ ले पराजित गरेको हो । लगातार चार खेल जितेर अपराजित रहेको हेल्प नेपालले १२ अंक जोडेको छ । एपीएफको भने यो लगातार चौथो हार हो ।

यस्तै पुरुषतर्फ खिल्जी युवा क्लबले पहिलो जित हात पारेको छ । खिल्जीले कोशी प्रदेशलाई २५-१९, २५-२०, २६-२४ ले हरायो । खिल्जीले पाँचौं खेलमा आएर पहिलो जित सहित ३ अंक जोडेको हो ।

१०औं पीएम कप एनभीए भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय