+

दशौं पीएम कप एनभीए भलिबल लिग : पुरुषतर्फ पुलिसको लगातार पाँचाैं जित

२०८३ वैशाख  १५ गते २०:०७ २०८३ वैशाख १५ गते २०:०७
दशौं पीएम कप एनभीए भलिबल लिग : पुरुषतर्फ पुलिसको लगातार पाँचाैं जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले रेडबुल दशौं पीएम कप एनभीए पुरुष भलिबल लिगमा लगातार पाँचौं जित हात पारेको छ।
  • पुलिसले त्रिपुरेश्वर दशरथ रंगशालामा भएको विभागीय डर्बी खेलमा आर्मीलाई ३-१ सेटले हराएको छ।
  • एनभीए लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता छ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

१४ वैशाख, काठमाडौं । रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को छैटाैं दिन नेपाल पुलिस क्लबले पुरुषतर्फ लगातार पाँचाैं जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको विभागीय डर्बी खेलमा पुलिसले आर्मीलाई ३-१ सेटमा हरायो । लगातार पाँच जितपछि अपराजित पुलिस १५ अंक जोडेर शीर्ष स्थानमा छ ।

आर्मीको भने चार खेलमा यो पहिलो हार हो । चार खेलबाट आर्मी ८ अंकसहित चाैथोमा छ ।

पुलिसले पहिलो सेट २५-२२ ले जित्दै अग्रता बनाएको थियो । तर दोस्रो सेटमा आर्मीले पुनरागमन गर्यो र २५-१५ फे सेट आफ्नो पक्षमा पार्दै खेल १-१ को बराबरीमा ल्यायो ।

तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दा पुलिसले टाइब्रेकरमा २६-२४ ले जित्दै खेलमा २-१ को अग्रता बनायो ।

चाैथो सेटमा पनि सुरुवातमा आर्मीले अग्रता लिँदै प्रतिस्पर्धात्मक बनाएको थियो । तर पुलिसले यो सेटमा पुनरागमन गर्दै २५- १८ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

मंगलबारै भएको पुरुषतर्फको अन्य खेलमा हेल्प नेपाल स्पोर्ट्स म्लब र खिल्जी युवा क्लब विजयी भएका छन् ।

एनभीए लिगमा बुधबार पनि पुरुषतर्फ ३ र महिलातर्फ २ खेल हुनेछ । महिलातर्फ बिहान ९ बजे त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब तथा बिहान ११ बजे नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुनेछ ।

यस्तै पुरुषतर्फ एपीएफ र बुढानिलकण्ठ भलिबल क्लबबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ भने हेल्प नेपाल स्पोर्ट्स म्लब र रुकुम पश्चिमबीचको खेल ३ बजे तथा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच साँझ ५ बजे खेल हुनेछ ।

नेपाल भलिबल संघको आयोजनामा भइरहेको लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता छ । ९ दिनसम्म सञ्चालन हुने लिगमा पुरुष र महिलातर्फ गरी कूल ४५ खेल हुनेछ ।

सिंगल राउण्ड रोविन लिगपछि महिला र पुरुष दुवैमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । दुवैको विजेताले समान १० लाख पुरस्कार पाउनेछन् ।

तस्वीरहरू : विकास श्रेष्ठ, अनलाइनखबर

१०औं पीएम कप एनभीए भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय