News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रमले आजदेखि सुकुमवासीहरूलाई खाना खुवाउने व्यवस्था सुरु गरेको छ।
- आश्रममा राखिएका ५७ परिवारका १६१ जना सुकुमवासीलाई बिहानदेखि बेलुकासम्म खाना खुवाउने मेन्यू तयार गरिएको छ।
- शनिबार र आइतबार सुकुमवासी बस्तीमा डोजर चलाएपछि पीडितहरूलाई आश्रममा राखिएको हो।
१६ वैशाख, काठमाडौं । कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा राखिएका सुकुमवासीहरूलाई आजदेखि सोही संस्थाले खाना खुवाउने भएको छ ।
यस संस्थामा आश्रय लिएर बसिरहेका सुकुमवासीहरूलाई सत्संगले नै खाना खुवाउने आश्रमका एक सेवकले पुष्टि गरे ।
सेल्टरको सुरक्षाका लागि खटिएका एक प्रहरीले पनि राधास्वामी सत्संगले नै आजदेखि सुकुमवासीलाई खाना खुवाउने पुष्टि गरे ।
आश्रमका ती सेवकले भने, ‘आजदेखि हामीले नै खाना खुवाउने हो ।’
यसअघि सेल्टरमा बसेका सुकुमवासीहरूलाई काठमाडौं महानगरपालिकाले खाना खुवाउने गरेको थियो ।
तर बुधबारदेखि भने आश्रमले खुवाउने लागेको ती सेवकले बताए । उनका अनुसार सेल्टरमा बसेका सुकुमवासीका लागि खानाको मेन्यू पनि तयार भएको छ ।
प्रत्यके दिन बिहान ७ बजे चिया-बिस्कुट, साढे १० बजे दाल, भात, तरकारी र अचार, दिउँसो २ बजे चिया नास्ता, बेलुका साढे ६ बजे बिहानको मेन्यूमा जस्तै खाना खुवाउने गरी तालिका बनाइएको छ ।
राधास्वामी सत्संगमा थापथली, शान्तिनगर, गैरीगाउँ लगायत क्षेत्रबाट विस्थापित सुकुमवासीहरूलाई राखिएको छ ।
प्रहरीका अनुसार कीर्तिपुरमा ५७ परिवारका १६१ जना छन् । जसमा महिला ५४ जना, पुरुष ७० जना, बालक १७ जना र बालिका २० जना छन् । यो तथ्यंक बुधबार दिउँसोसम्मको हो ।
यो सेल्टरमा बस्ने सुकुमवासीको संख्या भने प्रत्येक दिन थपघट भइरहेको छ ।
शनिबार र आइतबार सुकुमवासी बस्तीमा डोजर चलाएपछि पीडितहरूलाई आश्रममा राखिएको हो ।
प्रतिक्रिया 4