News Summary
Generated by OK AI. Editorially reviewed.- कथानक फिल्म 'जूबा' को छायांकन सर्लाहीबाट सुरु भएको छ र यो फिल्म सर्लाही, काठमाडौं र राजस्थानमा खिचिनेछ।
- फिल्म 'जूबा' को निर्देशन प्रकाश कर्णले गर्नेछन् र पटकथा वर्षा पौडेलले लेखेकी छन्।
- फिल्ममा सौगात मल्ल, सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् र छायांकन ७५ दिनको सेड्युल अनुसार हुनेछ।
काठमाडौं । कथानक फिल्म ‘जूबा’ को छायांकन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्मको छायांकन सर्लाहीबाट सुरु भएको हो ।
सर्लाही र काठमाडौं सँगै यो फिल्म भारतको राजस्थानमा पनि खिचिनेछ । ७५ दिनको छायांकन सेड्युल तय छ । फिल्मको शीर्ष भूमिकामा सौगात मल्ल छन् ।
प्रकाश कर्णको लेखन तथा निर्देशन रहने फिल्मको पटकथा लेखक वर्षा पौडेल हुन् । शीर्ष अभिनेत्रीमा सोफी धरेल छिन् ।
सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल हुन् । उनको यो तेस्रो फिल्म हो । यसअघि, उनले दुईवटा फिल्ममा काम गरिसकेका छन् ।
रक क्यासल स्टुडियोको निर्माण रहने फिल्मको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर यसअघि नै सार्वजनिक गरिएको थियो । एक पोस्टरमा सौगात मल्ल मात्रै थिए ।
चलचिको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे भने निर्माण टिमले केही पनि खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4