News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको बिर्तामोडमा शुक्रबार दिउँसो २ बजे होटल किङ्सवरीमा कवि नवराज पराजुलीले कविता कन्सर्टमा प्रस्तुति दिनेछन्।
- पराजुलीको पुस्तक ‘सगरमाथाको गहिराइ’ को दसौं वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
- कार्यक्रममा पराजुलीले दुई घण्टासम्म एकल प्रस्तुति दिनेछन् र दर्शकलाई उक्त पुस्तकको एक प्रति प्रदान गरिनेछ।
काठमाडौं । झापाको बिर्तामोडमा शुक्रबार आयोजना हुने कविता कन्सर्टमा कवि नवराज पराजुलीले प्रस्तुति दिने भएका छन् । स्थानीय होटल किङ्सवरीमा दिउँसो २ बजेदेखि कार्यक्रम गर्न लागिएको हो ।
पराजुलीको पुस्तक ‘सगरमाथाको गहिराइ’ प्रकाशनको दसौं वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको नेपाली साहित्य डटकमले जनाएको छ ।
उनले दुई घण्टासम्म एकल प्रस्तुति दिनेछन् । दर्शकलाई उक्त पुस्तकको एक प्रति प्रदान गरिने भएको छ । आयोजकले पठन संस्कृतिको विकासमा यसले मद्दत पुग्ने जनाएको छ ।
सो पुस्तकलाई यसअघि २०७३ सालमा पद्मश्री साहित्य सम्मानबाट सम्मानित गरिएको थियो । कविता कन्सर्टको लागि त्यहाँका विभिन्न विद्यालयसँग सहकार्य गरेको जनाइएको छ ।
पराजुलीले यसअघि १७ देशमा कविता कन्सर्ट सम्पन्न गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4