+

आईपीएलमा बेंगलुरुमाथि गुजरातको जित

२०८३ वैशाख  १७ गते २३:२४ २०८३ वैशाख १७ गते २३:२४
आईपीएलमा बेंगलुरुमाथि गुजरातको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुजरात टाइटन्सले अहमदाबादमा भएको आईपीएल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ४ विकेटले पराजित गरेको छ।
  • गुजरातले बेंगलुरुले दिएको १५६ रनको लक्ष्य १५.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो।
  • यो जितसँगै गुजरात ९ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने बेंगलुरु दोस्रो स्थानमा छ।

१७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ ।

बिहीबार अहमदाबादमा भएको खेलमा गुजरातले बेंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बेंगलुरुले दिएको १५६ रनको लक्ष्य गुजरातले १५.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कप्तान शुभमन गिलले १८ बलमा ४३ रन बनाए भने जस बट्लरले १९ बलमा ३९ रन बनाए । राहुल तेवातिया २७ रनमा अविजित रहे । जेसन होल्डर र वासिङटन सुन्दरले समान १२ रन बनाए ।

बेंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिँदा रोमारियो शेपहर्डले २ अनि सुयाश शर्माले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले १९.२ ओभरमा अलआउट हुँदै १५५ रन बनाएको थियो । राम्रो सुरुवात गरेको भएपनि बेंगलुरुको इनिङ बीचमा धर्मरायो ।

देवदत्त पडिक्कलले सर्वाधिक ४० रन बनाए । विराट कोहलीले २८, कप्तान रजत पाटिदारले १९, रोमारियो शेपहर्डले १७ तथा भुवनेश्वर कुमारले १५ रन बनाए ।

गुजरातका लागि अर्शद खानले ३.२ ओभरमा २२ रन दिएर ३ विकेट लिए । जेसन होल्डर र राशिद खानले २-२ तथा मोहम्मद सिराज र कगिसो रबाडाले १-१ विकेट लिए ।

यो जितसँगै गुजरात ९ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ । ९ खेलमा १२ अंक जोडेको बेंगलुरु दोस्रो स्थानमा यथावत् छ ।

आईपीएल २०२६ गुजरात टाइटन्स रोयल च्यालेन्जर्स बेंगलुरु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय