+
+
Shares

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-२०८३ जारी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सिफारिसमा सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश-०८३ जारी गरेका छन्।

१८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-२०८३ जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेको जानकारी दिए ।

सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् ।

अन्य अध्यादेश भने अध्ययनकै क्रममा रहेको बताइएको छ । संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?