+
+
Shares

नेपालले १० प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राख्नुपर्छ : अमिताभ कान्त

‘धेरै इजाजतपत्र, धेरै निरीक्षण र कर्मचारीतन्त्रको स्वविवेकीय अधिकारले भ्रष्टाचार बढाउँछ । सरकारले नियन्त्रक होइन, सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । नेपाललाई व्यवसायका लागि विश्वकै सजिलो देश बनाउनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १८:००

२० वैशाखकाठमाडौँ । भारतीय नीति तथा योजनाविद् अमिताभ कान्तले नेपालको आर्थिक समृद्धिका लागि साहसिक नीतिगत सुधारडिजिटल पूर्वाधारमा लगानी र उच्च मूल्यको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।

बाह्रखरी मिडियाले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र : सम्भावनाको उजागर’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारले नियन्त्रक होइनसहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

धेरै इजाजतपत्रधेरै निरीक्षण र कर्मचारीतन्त्रको स्वविवेकीय अधिकारले भ्रष्टाचार बढाउँछ,’ कान्तले भने, ‘सरकारले नियन्त्रक होइनसहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । नेपाललाई व्यवसायका लागि विश्वकै सजिलो देश बनाउनुपर्छ ।

उनले नेपाललाई आगामी तीन दशकसम्म वार्षिक ९ देखि १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राख्न सुझाव दिए । नेपालको हालैको निर्वाचन र युवा पुस्ताको आकाङ्क्षालाई उल्लेख गर्दै उनले नयाँ पुस्ताले सुशासनइमानदारिता र आर्थिक रूपान्तरण खोजेको बताए ।

प्रधानमन्त्री बालेन्द्र शाहलाई प्राप्त जनादेशको सफल कार्यान्वयनका लागि शुभकामना दिँदै उनले नेपाल र भारतबीचको मित्रता र सहयोगलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

एक दशकअघि भारत विश्वका पाँच कमजोर अर्थतन्त्र (फ्राजाइल फाइभ) मध्ये एक रहेको स्मरण गर्दै कान्तले संरचनागत सुधारव्यापक डिजिटलाइजेसन‘ र पूर्वाधार निर्माणका कारण आज भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बन्न सफल भएको जानकारी दिए । नेपालका लागि पनि यी अनुभव सान्दर्भिक हुन सक्ने उनको भनाइ छ ।

नेपालको भौगोलिक जटिलतालाई चिर्न डिजिटल पूर्वाधार सबैभन्दा प्रभावकारी माध्यम हुने उनले बताए । भारतले ‘डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर’ मार्फत ७१० भन्दा बढी सरकारी योजनाको लाभ सीधै सर्वसाधारणको बैङ्क खातामा पुर्‍याई भ्रष्टाचार र चुहावट शून्यमा झारेको उदाहरण उनले दिए ।

नेपालले पनि टेलिकम र आइटी क्षेत्रलाई प्राथमिकता दिँदै फाइभ-जी प्रविधिमा फड्को मार्नुपर्ने र यसले स्वास्थ्यशिक्षा र रोजगारीमा आमूल परिवर्तन ल्याउने उनको तर्क छ ।

नेपालको विकासमा बाधक रहेका पुराना ऐननियम र झन्झटिला प्रक्रियाहरू खारेज गर्न उनले नियमनकारी कटौतीको अवधारणा अघि सारे । पर्यटनलाई नेपालको ‘फोर्स मल्टिप्लायर’ का रूपमा व्याख्या गर्दै उनले नेपाललाई ‘बजेट ट्रेकिङ गन्तव्य’ बाट माथि उठाएर ‘लक्जरी’ गन्तव्यका रूपमा विकास गर्न सुझाव दिए ।

नेपालजस्तो अद्वितीय पर्यटकीय क्षेत्रलाई कम मूल्यमा बेच्नु हुँदैन,’ उनले भने, ‘प्रतिरात कम्तीमा १५०० डलर खर्च गर्ने पर्यटक भित्र्याउने गरी पूर्वाधार र ब्रान्डिङ गरिनुपर्छ ।

अयोध्या र जनकपुरलाई जोड्ने ‘रामायण सर्किट’ जस्ता अन्तर्देशीय पर्यटन परियोजनाबाट लाभ लिन सकिने उनले बताए । यस्तैनेपालले शतप्रतिशत विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिँदै विश्वकै लागि दिगो र हरित विकासको नमुना बन्नुपर्नेमा उनले जोड दिए ।

जलविद्युत्कृषि प्रशोधन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा केन्द्रित हुन उनले आग्रह गरे । आर्थिक विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने भए पनि त्यसमा इमानदारिता अपरिहार्य रहेको कान्तको भनाइ थियो । राजनीतिज्ञ र व्यवसायीबिचको अपारदर्शी साँठगाँठले देश विकास नहुने भन्दै उनले युवा उद्यमीहरूलाई प्रवर्द्धन गर्न र महिला सहभागिता बढाउन सुझाव दिए ।

नेपालको विकासमा भारतको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै कान्तले नेपालको भौगोलिक र सांस्कृतिक विरासतलाई आधुनिक प्रविधिसँग जोडेर अघि बढ्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?